मोरङ प्रहरीद्वारा २७ लाख मूल्यको अवैध सामान बरामद

विराटनगर । मोरङ प्रहरीले एक हप्तामा २७ लाख मूल्यको अवैध सामान बरामद गरेको छ । प्रहरीले मोरङको विभिन्न स्थानबाट उक्त रकम बराबरको सामान बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै चौपाया समेत गरी अन्दाजी मुल्य रू. २७,९२,६८३।- (सताईस लाख बयानब्बे हजार छसय त्रियासी) बराबरको सामान तथा चौपाया बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।