प्रचण्ड भेट्न माधव नेपाल सिंहदरबारमा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएकाे छ ।

भेटमा सरकारलाई समर्थन गर्ने वा नगर्ने बिषयमा छलफल हुने स्रोतले जनाएको छ । नेपालले पार्टीको बैठकमा भने तत्कार सरकारलाई समर्थन नगरने बताउदै आएको छ ।

आजमात्र पार्टीको छलफलमा सरकारको काम हेरेर मात्र समर्थन गर्ने निर्णय लिने नेपालले बताएका थिए ।