जुम्लामा भिरबाट लडेर एकको मृत्यु

जुम्ला । जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।