हात्ती गाउँ प्रवेश गर्न थालेपछि स्थानियमा त्रास

त्रियुगा । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् ।

खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छ भन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताए । एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ ।

हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि स्थानियहरु रातभरि जाग्रम बस्दै आएका छन । जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य भएका छन ।