बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

बारा / १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए । जिल्ला अदालतबाट म्याद लिएर चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले बताए ।