झापामा अटो रिक्साको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं / झापामा अटो रिक्साको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–२, त्रिमार्गचोकमा अटो रिक्साको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको हो ।

हिजो साँझ करिब सवा ६ बजे मे १ ह ७१५३ नम्बरको रिक्साले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका स्थानीय अन्दाजी ६० वर्षीय रविलाल दनुवारको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।