काङ्ग्रेस मोरङका सदस्य लुइटेल सामाजिक कार्यमा अग्रसर हुँदै

कानेपोखरी । नेपाली काङ्ग्रेस मोरङका जिल्ला सदस्य देवेन्द्र लुइटेलले अती विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेका छन । लुइटेलले कानेपोखरीमा बसोबास गर्ने अती विपन्न वर्गहरुलाई उक्त न्यानो कपडा वितरण गरेका हुन ।

लुइटेलले न्यानो कम्बल, टोपी, खाधान्न, खेलकुद सामाग्री वितरण गरेका हुन । साथै उनले सामुदायिक विधालय अध्ययन गर्ने एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहज होस् भनेर साइकल वितरण गरेका छन । उनले सामुदायीक विधालयमा पढ्ने विधार्थीहरुलाई झोला, किताब, कापि, सिसा कलम समेत वितरण गरेका छन ।

पछील्लो समय लुइटेल सामाजिक कार्यमा निकै सकृय हुँदै आएका छन । उनले कानेपोखरीमा बसोबास गरी कृषि गर्डै आउने नगरवासीहरुलाई कृषि बोरिङ, सेलो टुवेल, सिचाई मटर लगायतका सामाग्रीहरु वितरण गर्दै आएका छन ।