नेकपा एसको पोलिटब्युरो बैठक आजपनि बस्ने

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । आज विहान ११ बजे बैठक बस्ने समय तय गरिएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।

बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको छ ।