बेलबारी खानेपानीको चौथो वार्षिक साधारण सभा सम्पन्न

बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुकमणी धिमालको अध्यक्षता भएको साधारणा सभामा प्रमुख अतिथी बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको रहेको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष धिमालले वार्षिक प्रतिवेदन पेश गर्दै नेपाल सरकार ६०% अनुदान, नगर बिकास कोषको ३०% ऋण र उपभोक्ताको १०% प्रत्यक्ष सहभागितामा खानेपानी आयोजना शुभरम्भ भएको बताएकी छन । उनले हाल खानेपानीले बेलबारी नगरपालिकाको वडा नं १,२,३ र ४ गरी दुई हजार तीन सय एकस्सी जना उपभोक्तालाई सेवा प्रदान गर्दै आएको धिमालले बताइन ।

सस्थाले २०७८ श्रावण १ देखी २०७९ अषाढ ३२ सम्म सत्ताइस लाख त्रिसट्ठी हजार तीन सय आठआर रुपैया खुद नाफा गरेको छ । त्यस्तै सस्थाले पानी महशुलबाट आठअत्तर लाख चौवालिस हजार पाच सय सत्ताइस, सदस्यता शुल्कबाट एघार लाख वैसट्ठी हजार ६ सय, धारा जडान शुल्कबाट तीन लाख वियालिस हजार, विधुत प्राधिकरण अनुदानबाट दुई लाख उनान्सय हजार सात सय तेइस रुपैया पचास पैसा, थप पानी महशुल आम्दानीबाट ४ लाख १६ हजार २ सय आठसट्ठी रुपैया र विविध आम्दानी गरी एक लाख सताइस हजार चार सय रुपैया आम्दानी गरेको छ ।

साधारण सभामा प्रमुख अतिथी नगरप्रमुख दिलप्रसाद राई, खानेपानी सस्थाका पुर्व अध्यक्ष महेन्द्र सुवेदी, खस क्षेत्री समाजको केन्द्रिय उपाध्यक्ष प्रताप थापा, आदिवासी जनजाती महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष पर्शु सुवेदी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन शर्मीला मगरले गरेकी थिन ।