पथरी मिनिमहोत्सवमा आज टंक बुढाथोकि र अशोक दर्जी आउँदै

पथरी / सुनाखरी युवा क्लवको आयोजनामा पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा आज गायक तथा संगितकार टंक बुढाथोकी र बालगायक असोक दर्जीका साथै र एआर बुढाथोकी आउने भएका छन् ।

महोत्सवमा बुढाथोकी र दर्जीले मनबिनाको धन ठुलो‘।, कसरी कसरी‘, चौरीको चाम्रो छुर्पी।।, सिम्पल डिम्पल‘, तोरी तेल लाएर‘, घण्टि बज्यो‘, लगायतका हिट गितहरु पस्कने टंक बुढाथोकीले जानकारी दिएका छन् । पुष ३ गते देखी आयोजना भएको मिनी महोत्सवमा मेलीना राई, राजेस पायल राई, जोती मगर, एलिना चौहान लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती पस्कि सकेका छन् भने अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजक समितिका मनि लिम्बुले जानकारी दिए ।

महोत्सबमा युवा पुस्ताका चर्चित गायक आसिस राना मगर (लाहुरे) ल्याउने तयारी भइ रहेको मेला व्यवस्थापन समितिका राजिव तामाङ (कालु) ले जानकारी दिए ।