लमजुङमा जीप दुर्घटना स् एक जनाको मृत्यु, ८ जना घाइते

बेंसीसहर / लमजुङको मस्र्याङदी गाउँपालिका ८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

विहिबार बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन् ।

घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।