इ कलाकारले तताउदैछन पथरी मिनिमहोत्सव

पथरी / मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा लागेको मेलाले दैनिक उल्लेख्यरुपमा दर्शकको साथ पाइरहेको छ ।

पुस ३ गतेबाट जाँतेमोडमा रहेको खेलमैदानमा सञ्चालित महोत्सवमा हालसम्म झण्डै आधा दर्जनौ कलाकारहरुले प्रस्तुति दिइसकेका छन् । जसमा ज्योति मगर, एलिना चौहान, प्रकाश सपुत लगायत रहेका छन् । १३ गते चर्चित गायक राजेशपायल राईको प्रस्तुति रहनेछ भने १७ गते ताराप्रकाश / मुनु प्रसाईको रहनेछ । त्यस्तै १८ गते लाहुरे, १९ गते प्रमोद खरेल, २१ ग्ते तिर्सना गुरुङको प्रश्तुति रहनेछ भने २२ गते मिलन नेवारको प्रस्तुति रहनेछ । यसबाहेक थप कलाकार ल्याउन आयोजकले प्रयास गरिरहेको बताएको छ ।

सुनाखरी युवा क्लवको आयोजनामा सञ्चालीत मेलामा फुलवारी समाज र भुल्के समाज सहआयोजक रहेका छन् । ‘हाम्रो गाउँ, उज्यालो बनाऔँ’’ भन्ने मुलनाराबाट सञ्चालित मेलाबाट आएको आम्दानीले पथरी बजार आसपासका क्षेत्रमा सिसि क्यामरा तथा सडक बत्ती जडान गरिने आयोजकले बताएको छ ।