सगरमाथा इङ्लिस स्कुलले मानायो २७ औ बार्षिक उत्सव

बेलबारी । मोरङको बेलबारी १ मा रहेको सगरमाथा इङ्लिस स्कुल बेलबारीले २७ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत ४ जना अभिभावकहरुलाई प्रसंसापत्रले सम्मान गरिएको थियो । जेसिज बेलबारी २०२२ अध्यक्ष नवराज सुवेदी, बेलबारी लायन्स क्लबका अध्यक्ष तिर्थ सिक्देल, बेलबारी वडा नं १ का वडा सदस्य बाबुराम खड्का, बेलबारी वडा नं २ का वडाअध्यक्ष कृष्ण गुरुङलाई प्रमुख अतिथि नगर प्रमुख दिल प्रसाद राईले खादा र प्रसंसा पत्रले सम्मान गरेका थिए ।

सो कार्यक्रममा स्व. हर्क बहादुर गुरुङ स्मृति बहुप्रतिभा पुरस्कारबाट एसइइ मा ३ दशमलव ६ जिपीए ल्याउने छात्रा अनिशा बस्नेतलाई ११ हजार १ सय ११ नगद सहित सम्मान पत्रले र नगद पुरस्कार रु ५ हजार सहित कक्षा ५ का छात्र दिपु चौधरीलाई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट शिक्षकमा अपेक्षा श्रेष्ठ, उत्कृष्ठ कर्मचारी दुर्गा राईलाई सम्मानपत्र, दोसल्लाले सम्मानित गरिएको थियो ।

शैक्षिक बर्ष २०७८ मा सबै कक्षामा प्रथम, दोश्रो र तेश्रो हुने र अतिरिक्त क्रियाकलापमा विजयी हुने विद्यार्थिहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यबस्थापन अध्यक्ष राम कुमार राईको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बेलबारी नगर प्रमुख दिल प्रसाद राई प्रमुख अतिथि रहनुभएको थियो ।

प्रिन्सिपल इरान राईले कार्यक्रममा बोल्दै विद्यालयमा प्ले ग्रुप देखि कक्षा १२ सम्म ६ सय ५० विद्यार्थी अध्ययनरत रहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।