पथरी मिनि महोत्सवमा आज प्रकाश सपुतको प्रस्तुति रहने

पथरी / मोरङको पथरीमा जारी पथरी मिनि महोत्सवमा आज (शुक्रबार) गायीक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ । महोत्सवको छैटौँ दिन आज गायक सपुतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आइतवारबाट सुरु भएको महोत्सव २० दिन चल्नेछ । जसमा अन्य राष्ट्रिय कलाकारहरुको पनि दैनिक प्रस्तुति रहनेछ । ‘हाम्रो गाउँ, आफैँ बनाउँ’ भन्ने मुल नाराका साथ पथरी बजारको जाँतेमोडस्थित खेलमैदानमा चलिरहेको महोत्सवको आयबाट पथरी बजार आसपासका क्षेत्रमा सिसि क्यामरा जडान गर्ने आयोजकले जनाएको छ । सुनाखरि युवा क्लवद्धारा सञ्चालित उक्त महोत्समा दर्शकले सांगितीक प्रस्तुतिका साथै रोटेपिङ तथा अन्य खेलहरुबाट मनोरञ्जनको सुविधा लिन सक्नेछन् ।