मेरो चाहना कोट लगाउने र स्टिकर टाँस्ने मात्रै होइन : डा. सुनिल शर्मा (अन्तर्वार्ता)

काठमाडौँ ।
मोरङ–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस नेता डा. सुनिलकुमार शर्मा उम्मेदवार रहेका छन् । आफ्नो विजय सुनिश्चित रहेको बताउने शर्मा आफूलाई जिताए क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने जिकिर गर्छन् । प्रस्तुत छ उम्मेदवार शर्मासँग गरिएको कुराकानीको सारसंक्षेप ः–

मोरङ–३ मा प्रतिनिधि सभा सदस्यका लागि यहाँको उम्मेदवारी ?
म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ लाउनका लागि र भाषण गर्नका लागि मात्रै सांसद हुन खोजेको होइन । मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो । म जनताको पक्षमा, सुकुम्वासीको पक्षमा, आदिवासीको पक्षमा, जनजातिको पक्षमा, विभिन्न जात, धर्ममा रहनुभएको जनताको पक्षमा काम गर्नका निम्ति सांसद हुने हो । म चाहिँ परम्परागत रूपमा जाने, कोट लाउने, टोपी लगाउने, स्टिकर टाँस्ने, सांसद हुने, अनि जनताको घरमा फर्की नआउने, त्यस्तो खालको सांसद हुने मेरो चाहना होइन । मेरो चाहना चाहिँ के हो भने स्वास्थ्य शिक्षा, सकेसम्म रोजगारीको व्यवस्था र विकास निर्माणका कामहरू मेरो मूल एजेन्डा हो ।

प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो भने यहाँले के काम गर्नुहुन्छ त यस क्षेत्रको लागि ?
पहिलो कुरा त यहाँको बाटोघाटो, पुल पुलेसा, तटबन्धका कुराहरू छन् । सरकारी स्कुलहरू छन्, कलेजहरू छन् तिनको स्तरोन्नतिको कुरा छ। नेपाली माध्यममा भएका विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा लाने कुराहरू छन् । यी यावत विकास निर्माणका कुरादेखि लिएर शिक्षा र स्वास्थ्यमा अझ विशेष गरेर आफ्नो स्वास्थ्य सम्बन्धी फिल्ड भएको हुनाले मैले चाहिँ शिक्षा र स्वास्थ्य सँगै विकास निर्माणलाई पनि जोडेर जाने निर्णय गरेको छु म सबै वडा, टोल र गाउँ बस्तीतिर पुग्न लागिसकेँ । अपेक्षा त जनताको मसँग बढी देखिएको छ । सबै अपेक्षाहरू पूरा गर्न समस्या हुन सक्छ । यद्यपि हामीले जे काम गयौ विगत १०÷१२ वर्षमा, विशेषतः यो पाँच वर्षमा चुनाव हारिसकेपछि त्यसमा हरेक जनताले हारेको सांसदले पनि यति काम गरिदिएको छ भनेर उहाँहरू पोजेटिभ देखिनुहुन्छ ।

यहाँले चुनाव जित्ने आधार चाहिँ के छ त ?
भेरी सिम्पल, चुनाव जित्ने नम्बर वान आधार के छ भने सुनिल शर्मा एउटा घुस नखाने मान्छे हो।स्वच्छ छवि भएको मान्छे हो। अहिलेसम्म घुस खाएको छैन । अर्को आधार मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, विगत पाँच वर्षमा यहाँबाट जितेर जाने मान्छेले के काम आफ्नो क्षेत्रमा गर्नुभयो भन्ने मेरो दोस्रो आधार हो । तीन, हामीसँग गठबन्धन छ, म एक्लै कहाँ छु र, पहिला पनि यस्तो गठबन्धन थियो भने म पन्ध्र हजार भोटमा लिड गर्ने थिएँ । न्यूनतम १५ हजार देखि ३० हजार भोटमा लिड गर्थेँ । तपाईँहरू डाटा हेर्न सक्नुहुन्छ । नेकपा एमालेको जम्मा २८ हजार त भोट थियो नि । मैले ४० हजार ल्याएँ, एलाइन्सको प्रभाव हुन्छ, मनोवैज्ञानिक प्रभाव हुन्छ, त्यसले गर्दा हारेँ त्यतिबेला । त्यो भनेको १९ सय ५४ मत हो । त्यही मत मैले त्यतिबेलै तान्न पाएको भए म त्यतिबेलै जित्ने थिएँ अनि अहिले चाहिँ गठबन्धन हामी एक ठाउँमा छौँ ।

माओवादीका साथीहरू, एसका साथीहरू लगायतको १५ हजार मत छ, नेकपा एमालेलाई नेट टु नेट ७८ मतले मात्रै अस्तिको स्थानीय निर्वाचनमा उहाँहरू अगाडि देखिनुहुन्छ । त्यतिबेलाको स्थानीय निर्वाचनमा पनि हाम्रो आन्तरिक कलहहरू थिए, समस्याहरू थिए । लोकल उम्मेदवारको कुरा हुन्थ्यो । जातीय रूपमा पनि उम्मेदवारको हार जितमा प्रभाव हुन्थ्यो । अब अहिले नेकपा एमाले, काँग्रेस नेट टु नेट भएको अवस्था, मेरो चाहिँ समाजसेवाको कारणले गर्दा आफ्नै पनि मत छ । प्रत्येक वार्डमा कमसेकम पनि २५० देखि ३०० मत सुनिल शर्मालाई दिनुपर्छ भन्ने मतहरू छ । भनेपछि तपाईँले हिसाब गर्नुहोस्, २६ वटा वार्ड छन्, २६ तियाँ कति भो, ७८ सय हुन्छ । भनेपछि ८ हजार देखि १० हजार मेरो पर्सनल मत छ । १५ हजार त्यो १० हजार यो गर्दा २५ हजार मत हामीसँग बढी मत छ । अनि वर्तमान को परिवेश, मूभमेन्ट र हामीले गरिरहेको कामको आधारमा र विपक्षी उम्मेदवार दोहोरिएको कारणले पनि अझ मत बढ्न सक्छ । हाम्रो मतको फरक त मलाई के लाग्छ भने प्रतिस्पर्धीले १८ हजार देखि २२ हजार मत ल्याउनु हुन्छ, बाँकी सबै मत मेरो पक्षमा जान्छ । मलाई लाग्छ मेरो मत ६५–७० हजार आउने वाला छ ।

सुकुम्वासी समस्या चाहिँ चुनावी नारा मात्रै भयो भन्ने मतदाताहरूको भनाइ छ नि !
हेर्नुस्, यसको सिधा उत्तर के छ भने नि यो क्षेत्रमा आजसम्म हामीले कहिले जित्यौ रु सधैँ सूर्य छापमा एमालेलाई हान्ने, अनि एमालेका साथीहरूलाई पठाउने, उहाँहरूले कहिल्यै पनि समाधान नगर्ने, चुनावी एजेन्डा बनाइरहन पाइयो नि त। पूर्वाञ्चल विश्वविद्यालय पनि त्यस्तै हो, यो दुई वटै समस्या, नभए दुई तिहाइ बहुमत ल्याएको बेला हाम्रो भानुभक्त ढकाल दाइलाई पूर्वाञ्चल विश्वविद्यालय सञ्चालन गर्न, मेडिकल कलेज सञ्चालन गर्न रोक्यो कसले रु कानुनमन्त्री उहाँ बन्नुभयो, स्वास्थ्यमन्त्री बन्नुभयो, पर्यटन मन्त्री बन्नुभयो, स्वास्थ्य र कानुनभन्दा बाहिर गर्नुपर्ने केही पनि छैन, त्यतिबेला भानुभक्त दाइ त्यत्रो पावरफुल हुनुभयो, केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। दुई तिहाइ हाराहारीको मत थियो उहाँसँग, ऐन नियम सब फेर्न सक्नुहुन्थ्यो, पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउन र सुकुम्वासीलाई लालपुर्जा दिन उहाँलाई रोक्यो कसले रु म प्रश्न गर्न चाहन्छु ।

त्यसकारण जनतालाई मुर्गा बनाउने, ठग्ने, कामहरू चाहिँ उहाँहरूले नगरिदिए राम्रो हुन्थ्यो भन्ने मेरो आग्रह पनि हो । र अर्को वर्ष यो काम हामी गर्छौ । अब कुरा के रह्यो भने चाहिँ अहिले गठबन्धनको सरकारले सुकुम्वासीको समस्या समाधान गर्नको निम्ति हाम्रै क्षेत्रको केशव दाइ नेपाली काँग्रेसको पूर्व महासमिति सदस्य तथा राष्ट्रिय शिक्षक संघको अध्यक्षलाई सुकुम्वासी तथा भूमि आयोगको अध्यक्ष बनाएको अवस्था छ ।

अस्ति हामीले ६२ ओटा धनीपुर्जा पनि बाँड्यौँ । हामीले धनीपुर्जा बाँड्न थालेपछि उहाँहरूले के भन्नुभयो भने नेकपा एमालेका साथीहरूले गएर निर्वाचन आयोगमा मुद्दा दर्ता गरिदिनुभयो हेर्नुस् । दुःखद कुरा । सुकुम्वासी काँग्रेस एमाले भन्ने हुन्छ र १ गरिब जनताले पाउने हो नि होइन र रु स्थानीय सरकार पनि उहाँहरूकै थियो । हामीले बाँड्यो भनेको भए पनि हुन्थ्यो नि । यो प्रक्रिया निर्वाचन पछि खुल्छ । त्यस पछि चाहिँ मैले केशव निरौला सरलाई सोधेको थिएँ, उहाँले के भन्नु भयो भने यो चुनाव पछि भूमि आयोगले २ देखि ३ वर्ष भित्रमा पहिलो चरणको धनीपुर्जा वितरण गर्छ भनेर भन्नुभएको छ ।

उहाँहरूले गर्नु भएन भने हामी त्यस पछि यो काम गर्छौ । जनताको पक्षमा बुलन्द आवाज उठाउँछौ । ऐन नीति नियम के फेर्नुपर्छ फेर्छौ र यो समस्याको समाधानका लागि हामी इमानदारितापूर्वक लाग्छौ ।

आफ्नो प्रतिद्वन्द्वीलाई यतिबेला के भन्न चाहनुहुन्छ ?
विगत पाँच वर्षमा उहाँले जे काम गर्नुभयो, ती कामहरूका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु । उहाँ आफैले त्यस बारेमा समीक्षा गर्नुभयो भने राम्रो होला । कोरोनाको कालमा नेपाली जनताप्रति उहाँले के गर्नुभयो भन्ने बारेमा उहाँले आफै बुझ्नु भयो भने उहाँको बाँकी जीवनका लागि एउटा पाठ हुन सक्ला । मैले भन्नु केही छैन। उहाँले यो पाँच वर्षमा गरेका कामहरूका बारेमा जनताले यही ४ गते ब्यालेटबाट उत्तर दिनुहुनेछ भनेर उहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । हामीले आफ्नो जिम्मेवारीबाट पर भागेनौँ । हामीले हारे पनि जितेको सांसदले भन्दा बढी काम गरिरहेका छौ । आम जनसमुदाय न्यायमूर्ति हो । नागरिक न्यायाधीशले बुझ्नु पर्छ, ४ गते गोप्य मतदान मार्फत उहाँहरूले मलाई न्याय गर्नुपर्छ । यही माटोमा यहीँका आमा बुबा दाजु भाइसँग खेलेर हुर्केर, यहीको स्कुल पढेर आएका हामीलाई साथ दिनुपर्छ, हामीलाई आशीर्वाद दिनुपर्छ ।
makalukhabar.comबाट