काङ्ग्रेसका मेयर उम्मेद्वार तिलक राई भन्छन्, ‘विजयी भएपछि नगरपालिकाले दिने सेवा सुविधा लिन्नँ’

धरानः धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट मेयर पदको उम्मेदवार रहेका तिलक राईले आफू विजयी भएपछि नगरपालिकाले दिने कुनै पनि सेवा सुविधा नलिने बताएका छन् ।

धरानमा मङ्गलबार अयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राईले यस्तो घोषणा गरेका हुन् । ‘आफ्ना छोराछोरी र परिवारलाई दैनिक जीविकोपार्जन गर्न मेरो सम्पत्ति छ’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘म विजयी भएपछि नगरपालिकाले दिने कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्दछु ।’




Leave a Reply

Your email address will not be published.