जन्मदिनको अवसरमा बालआश्रमलाई सहयोग

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० एक युवाले आफ्नो जन्मदीनको अवसरमा बालआश्रमलाई सहयोग गरेका छन् । पथरीशनिश्चरे वडा नं १० का राजु कार्किले आज आफ्नो जन्मदीनको अवसरमा उर्लावारीमा रहेको नमुना बाल आश्रमलाई सहयोग गरेका हुन् ।

परिवारका सदस्यसहित बालआश्रम पुगेका कार्किले आश्रमका बालबालिकासँगै जन्मदिन मनाउदै बालबालिकलाई खाना खुवाएका थिए । बैदेशिक रोजगारका क्रममा बाहिरि मुलुकमा रहेका कार्किले घर आएको समयमा जन्मदीन परेपछि परिवारका सदस्यसहित आश्रम पुगेका हुन । उनले शैक्षीक सामग्री, खाद्यान्न् लगायतका सामग्री समेत सहयोग गरेका थिए । बैदेशिक रोजगारका कारण लामो समयसम्म परिवार र आफन्तसँग जन्मदीन मनाउनबाट बञ्चीत भएपनि यसपटकको जन्मदिन परिवार र बालबालिकासँग मनाउँदा आत्मसन्तुष्टि मिलेको उनले बताए ।