भानु मेमोरियले मनायो देउसी भैलो

रेखा गुरुङ । बेलबारी । मोरङको बेलबारीमा रहेको भानु मेमोरियल ई. स्कुल “शैक्षिक सार्बजनिक गूठी“ ले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । धिमाल नृत्य, साकेला, तामाङ सेलो, संगिनि नृत्य तथा बाल नृत्य लगायतका प्रस्तुति गर्दै गूठीले देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
बेलबारी–४ को शान्ति चोक, धरहरा चोक, प्रगति चोक लगायतका स्थानमा कार्यक्रम सम्पन्न भएको छ ।

गूठीका संस्थापक गुठियार जगत बहादुर छेत्रीले केहि बर्ष पहिले देउसी भैलो कार्यक्रम आयोजना गरेर स्कुलमा थुप्रै पुर्वाधार बिकास गरेको र अहिले पनि पुरानो चलन लाई सुरुवात गरेको बताए ।
कार्यक्रमका संयोजक शिक्षक दिनेश राईले ३ दिन सम्म देउसी भैलो कार्यक्रमको आयोजना गरेको र सल्लाह गरेर अबका दिनमा थप कार्यक्रम बढाउने बताए ।