के पि ओली श्रीपेच बिनाको राजा बन्न खोजे – कांग्रेस नेता बिक्रम लिम्बू

पथरी / नेपाली कांग्रेसको युवा नेता बिक्रम लिम्बूले केपी ओली श्रीपेच बिनाको राजा बन्न खोजेपछि गठबन्धनबाट निर्वाचनमा जानुपरेको बताए । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको आयोजनामा शनिबार भएको १० नं. वडाको भेलालाई सम्बोधन गर्दै लिम्बुले सो कुरा बताएका हुन् ।

कांग्रेसको महाधिवेशन प्रतिनिधि लिम्बुले घमण्डि छोटे राजा ओलीलाई पछार्न नेपाली कांग्रेस गोलाकार भित्रको हँसिया हथौडा र कलममा मतदान गर्न तयार भएको बताए । नेपाली कांग्रेस एक ढिक्का भएर संयुक्त लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन लागि परेको बिक्रम लिम्बूको भनाइ थियो । भेलामा नेकपा एकिकृत समाजवादिबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक उमेद्वार कृष्णकुमारी बिक, माओवादी केन्द्रका केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर लगायतले मन्तब्य राखेका थिए । कांग्रेस सभापति रुपनारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम माओवादी केन्द्रको अध्यक्ष गोबिन्द कटुवालले सञ्चालन र नेकपा (एस)को नगर सचिव देवेन्द्र वनेम लिम्बूले स्वागत मन्तब्य राखेका थिए ।

भेलाले कांग्रेस वडा सभापति प्रकाश अधिकारी संयोजक, माओवादी केन्द्रका पदम गुरुङ र नेकपा (एस)का श्याम भट्टराई सहसंयोजक रहेको निर्वाचन परिचान समिति गठन भएको छ । सदस्यहरुमा इन्द्रकुमारी लिम्बू, प्रेम केडी, झकबहादुर मगर, मनिस लिम्बू, राजिव योन्जन, चन्द्रकुमार तामाङ, सुरेश थापा, राजकुमार बिष्ट, अगम बोहोरा, संगीता दुलाल रहेका छन् । त्यसैगरी मेघराज मिश्र, सुनिल दाहाल, सागर राई, पुष्कर शाही, जीवन लिम्बू, राजेश घिमिरे, भरतमणी आचार्य, राजु भुजेल, नवीन अघिकारी र प्रकाश शिवा रहेका छन् ।