नगरभित्रका भाषा, साहित्य, कला बिकासको कुरामा नगर प्रमुख राईको जोड

बेलबारी । बेलबारीका भाषा, साहित्य, कला, संगित तथा नाट्य क्षेत्रलाई अझै अध्ययन अनुसन्धान गरी संरक्षण र विकास गर्नुपर्ने बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले बताउनुभएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नेपाली पर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख राईले सो कुरा बताउनुभएको हो ।

राईले प्रतिष्ठानले नगरभित्रका सबै भाषा, साहित्य, कला, संगित तथा नाट्य बिकासको कुरामा जोड दिनुभायो ।
शनिबार बेलबारी नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा साहित्यकार÷सङ्गीतकर्मी मधु गुरुङ, नेकपा (एमाले), बेलबारी नगर अध्यक्ष ईरानराई, नेपाली काङ्ग्रेसका पूर्व नगर सभापति तथा नाट्यकर्मी शम्भु भट्टराई, नेकपा (माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष राम किराँती, जसपा, बेलबारी नगर उपाध्यक्ष कमल गुरुङ, वडाध्यक्ष योगेन्द्र सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

साहित्यकार, नाट्यकार, गितकार, लेखक, प्राज्ञहरुले भरिपुर्ण रहेको कार्यक्रममा गजलकार जेबी थुलुङले गजल वाचन गर्नुभएको थियो भने विवेश मोते, लक्ष्मी पौडेल तथा मौसम नेपालीले गीत प्रस्तुत गरेका थिए ।

उक्त शुभकामना कार्यक्रममा प्रतिष्ठान समितिका उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य गर्नुभएको थियो भने उपाध्यक्ष अजितकुमार धिमालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव कुलप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष रेखा सुवेदीको अध्यक्षता सम्पन्न भएको थियो ।




Leave a Reply

Your email address will not be published.