भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशन नेपालले बताएको छ ।

आज बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनुभयो । उहाँले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताउनुभयो । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उहाँको भनाइ छ ।




Leave a Reply

Your email address will not be published.