फरार प्रतिवादी पक्राउ

बिराटनगर ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७७।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २१ दिन कैद र २ हजार रुपैया जरीवाना भएका फरार प्रतिवादी सुन्दरहरैचा नगरपालिका–६ मोरङका २३ बर्षीय बालकृष्ण मगरलाई गाउँघरमा नै लुकिछिपि बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
मगरलाई कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।