झापा–१ मा सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं / राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पन िपुगेका छन् ।