पानी पार्ने प्रणाली कमजोर बन्दै

मनसुन र नेपाल भित्रिएको पानी पार्ने प्रणाली कमजोर बनेसँगै मौसम खुल्न थालेको छ । अब ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरिनसकेकाले हल्का वर्षा भने हुने मौसमविद् हिरा भट्टराईले बताउनुभयो ।

बेलाबेला बादल लागे पनि ठूलो वर्षाको सम्भावना छैन । तर यसअघिको वर्षाकै कारण पनि पहाडी क्षेत्र र भिरालो जमिनमा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । केही दिनअघिको लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रमा धेरै असर परेको छ ।
हिजोदेखि पानी पर्न रोकिएर घाम लाग्न थालेसँगै बाढी र डुबान प्रभावित क्षेत्रमा केही राहत मिलेको छ ।