झापा ।
झापाको अर्जुनधारा नगरपालिका–११बसपार्क एरियामा बस्दै आएका सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका–१२ का २१ बर्षीय अमृत आचार्य र आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेका छन ।
उनिहरुले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङगाको लोहोरो र चक्कु समेत प्रहार गरी अचेत बनाई होटल भन्दा १५० मिटर टाढा अर्जुनधारा–११ स्थित प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फ्यालिदिएको मृत अवस्थामा गुरुङ असोज १८ गते बिहान फेला परेका थिए ।
असोज १७ गते गुरुङ र उनिहरु बिच होटलको कोठामा मादक पदार्थ सेवन गरी तास खेल्ने क्रममा वादबिवाद भई झगडा हुँदा लोहोरो र चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।