हत्याको आरोपमा २ जना पक्राउ

सुनसरी ।
सुनसरीको ईटहरी उप–महानगरपालिका–५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी–५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी–६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् ।

पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको छ । हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भएको र सोही रिईसिबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको थियो । उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो ।
घटना पश्चात फरार रहेका भुजेललाई प्रहरीले बिराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो । भुजेललाई पक्राउ गरेसंगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।