पशुपति सामुदायीक बनको १२ औँ वार्षिक साधारणसभा सम्पन


पथरी / पथरीशनिश्चरे वडा नं १० स्थित पशुपति सामुदायी बन उपभोक्ता समितिको १२ औँ वार्षिक साधारणसभा विहिबार सम्पन्न भएको । समितिका अध्यक्ष प्रदिप राईको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रदेश नं १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाकाृ प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा सामुदायीक बन बचाउन महत्वपूर्ण योगदान दिने दलवहादुर मादेनलाई सम्मान गरिएको थियो । त्यस्तै समिति घाटामा चल्दा तलव भत्ता समेत नलिइ बन हितका लागि निरन्तर कार्यालयको काममा ध्यान दिने ३ कर्मचारीलाई पनि सम्मान गरिएको थिायो । बन समितिले कपुरथान निर्माणमा पूर्ण निशेध गर्नुका साथै ९९ घरधुरिलाई पहिलो चरण अन्तर्गत स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ ।

सभामा डिभिजन बन कार्यालय विराटनगरका प्रमुख अनिलरूद्र शाह, प्रदेश १ सामुदायिक वन महासंघका सचिव अग्निप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो । समुहका अध्यक्ष प्रदिप राईले १ हजार २३ जना जम्मा उपभोक्ता भएको सो समुहले आगामी आर्थिक वर्ष –२०७८÷०७९ का लागि ६७ लाख ४३ हजार २२७ रूपैयाँ बराबरको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापाले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवर्दनका लागि अघि बढ्नुपर्ने बताए । मन्त्री थापाले नेपाल सरकारको एकल प्रयासले मात्रै वन– जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायलाई हस्तान्तरण गरिएको बताए । उहाँले जल, जंगल, जमीन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वन समुहहरूका गतिविधि सञ्चालन गर्न सुझाएका थिए ।

११ जना ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका भएका ११ जना उपभोक्तालाई नगद २ हजार सम्मान पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियो भने विपन्न तथा जेहेनदार २२ जना विद्यार्थीलाई कापि कलम र व्यागसहित नगद १ हजार ५ सय रुपैयाले सम्मान गरिएको थियो । कार्यक्रममा एस इ इ मा उत्कृष्ट नतिजा ल्याउने २ जना लाई एक एक वटा साइकलसहित सम्मान गरिएको थियो ।