सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बिराटनगर ।
पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका–२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका–३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन ।
पाँचथरको फिदिम नगरपालिका–४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।