दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै ध्यानाकर्षण पत्र

बेलबारी । दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै चौतर्फी बिरोध भईहरेका बेला बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशवप्रसाद गिरी (केशु बिरही) ले बेलबारी नगरपालिकाका उपमेयर तथा शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बिरहीले उपमेयर नितु थापा कोईराला र शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईराला मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानाकर्षण पत्रमा भाषा,साहित्य,कला संस्कृतिको सर्बागिण बिकासका लागि गठन हुने यस्ता संस्थामा क्षमता र योग्यतालाई भन्दा पनि मात्र राजनीतिलाई मुख्य आधार बनाईयो भने यसले बेलबारीको भाषा,साहित्य,कला संस्कृतिको जगेर्न गर्ने कुरामा सहमत हुन नसकिने र गठन गरिएको प्रज्ञा प्रतिठानका सदस्यहरुका बिषयमा पुर्नबिचार गर्नुपर्ने र सोही क्षेत्रमा योगयात र क्षमता भएका ब्यत्तिहरुलाई राख्न माग गरिएको छ ।
भाषा,संस्कृति,कला,साहित्य बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको बिकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरुको साझा संस्थाको रुपमा हेरिएको बेलबारी प्रज्ञा प्रतिष्ठान दलिय भागबण्डामा गठन भएको भन्दै चौतर्फी बिरोध शुरु भएको थियो ।
बेलबारी नगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानमा सम्बन्धित क्षेत्रका ब्यत्तिहरु भन्दा पनि अन्य क्षेत्रका ब्यत्तिहरुलाइृ समावेश गरी दलिय भागबण्डामा आधारमा प्रतिष्ठान गठन गरिएको भन्दै सम्बन्धित क्षेत्रका ब्यत्तिहरुले नै असन्तुष्टि जाहेर गरेका छन । ११ सदस्यीय समितिमा आधा भन्दा बढी सदस्यहरु सोही क्षेत्रमा अनभित्र ब्यत्तिहरु रहेको उनीहरुको आरोप छ ।
बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११९फ० ५ मा भएको ब्यबस्था अनुसार सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौ नगरसभाले सो ऐन पारित गरेको थियो । ऐनमा नगरपालिका भित्रका सबै भाषा,संस्कृति,कला साहित्य बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको बिकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरुको भोल बोलाई समाबेशी सिद्धान्तको आधारमा ११ जना सदस्य संखया भएको परिषदको तर्दथ समिति गठन गर्ने उल्लेख छ ।्