नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो। [sp_wpcarousel id=”18346″] शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिनुभयो। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर कोभिड महामारीका कारण भ्रमण वर्ष स्थगित भएको थियो । [sp_wpcarousel id=”18322″] अहिले कोरोनाविरुद्धको खोपसँगै महामारी घटेपछि पर्यटन क्षेत्र गतिशील बन्न थालेको छ । पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो। [sp_wpcarousel id=”18310″]