सामाजिक सञ्जालको सदुपयोगसम्बन्धि एकदिने तालिम सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरेमा सामाजिक सञ्जालको सदुपयोगसम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । नेपाली काङग्रेस मोरङ क्षेत्र नं ३ को आयोजनामा सम्पन्न भएको तालिममा क्षेत्र नं ३ का २६ वटा वडाबाट ६ सय बढिले सहभागिता जनाएका थिए ।

पथरीशनिश्चरे वडा नं २ स्थित हरियाली सामुदायीक बनको सभाहलमा सम्पन्न उक्त तालिमलाई कान्तिपुर टेलिभिजनका समाचारवाचक रुपेश श्रेष्ठ, कान्तिपुर दैनिकका संवाददाता डि.बि उपाध्याय र कानुनि अधिवक्ता किशोर पौडेलले सहजिकरण गरेका थिए ।

सामाजिक सञ्जालको प्रयोग बढिरहँदा यसको दुरुपयोग बढ्दै गएकोले तालिमको आवश्यकता देखिएर तालिम सञ्चालन गरेको नेपाली काङग्रेस मोरङ क्षेत्र नं ३ का सचिव राजेन्द्र अधिकारीले बताए । पछिल्लो समय फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाप्रति युवापुस्ताको आकर्षण बढिरहँदा उनिहरुले ति सञ्जालको सदुपयोग गर्दैछन कि दुरुपयोग भन्ने कुरामा अभिभावक चनाखो हुनुपर्ने कुरामा सहजिकरणकर्ताहरुले जोड दिएका थिए ।

सामाजिक सञ्जालमा देखिएका सुचना र समाचार सेयर गर्दा त्यसको श्रोत, आधिकारीकताका साथै अनलाइनमाध्ययमहरु दर्ता गरेर चलाइएको छ छैन ति कुराहरु बुझेर मात्र शेयर गर्नुपर्ने प्रशिक्षकहरुले बताएका थिए ।