आईएसटीएफको अध्यक्षमा विनयविक्रम शाह

काठमाडौंः नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष विनयविक्रम शाह अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासङ्घ (आईएसटीएफ) को अध्यक्षमा निर्वाचित भएका छन् ।

गत अक्टोबर २६ तारिखमा चीनको ताइजौउमा भएको आईएसटीएफको २३ औं साधारणसभाले शाहलाई अध्यक्षमा निर्वाचित गरेको सफ्ट टेनिस सङ्घले जनाएको छ ।