कस्तो तयारी छ पि एस पि एलका टिमहरुको

‘विरासत राख्ने तयारीमा सातवाघ’

पथरी

तेश्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको रौनक वडन थालेको छ । पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको स्तरवृद्धि र नयाँ प्रतिभाको पहिचानका लागी सुरु गरिएको लिगका दुई संस्करण भन्दा धेरै चर्चा तेश्रो संस्करणले पाउन थालेको छ ।

पथरीशनिश्चरे भित्रका विभिन्न ८ फ्रेन्चाइज टिमको सहभागीता रहेको लिगको उपाधी भित्राउने दायमा टिमहरु रहेका छन् । दुवै लिगको फाइनल खेलेको सातवाघ दोश्रो पटक उपाधी जित्ने दौडमा छ । पहिलो संस्करण देखी क्लवमा रहेका अनिस लुइटेललाई यस पटक पनि टिमले रिर्टन गरेको छ ।

लुइटेल वाहेक पहिलो संस्करण देखिकै रहर लामा र केलिन राई समेत रिर्टन गरेको छ । अघिल्लो संस्करणको फाइनलमा जादुमयी वलिङ्ग कला देखाएर सवैको मन जितेका अस्विन महतलाई समेत टिममै राखेको छ ।

त्यसो त टिमले पवन जैसवाल,पुकार राई,सिद्धार्थ धिमाल लाई पनि तेश्रो सस्करणका लागी अनुवन्धन गरेको छ । उनीहरुले दोश्रो संस्करणको लिग जित्दा टोलीको साथमा थिए । यस पटक टोलीले ७जना नयाँ खेलाडीलाई अनुवन्धन गरेको छ ।

अघिल्ला लिगमा व्यावस्थापकका रुपमा रहेका विरोज मगर खेलाडीका रुपमा टोलीमा भित्रिएका छन । अघिल्ला संस्करणमा रहेका केहि खेलाडी टोलीमा रहनेछैन् । तर पनि टोलीलाई फाइनल सम्म पुग्नु पर्ने चुनौती छ ।

टिम मालिक समेत रहेका विरोज मगर भन्छन् ‘चुनौतीका विचमा हामी फेरी आफ्नो पहिचान दिने प्रयासमा हुने छौ’। टिमको आर्थिक भार खेप्ने अभिभार पनि विरोज संगै पवन र पुकारमा नै रहेको छ । विदेशमा रहेका साथीभाइ र क्रिकेट प्रेमीले पठाइदिने आर्थिक साहयता नै टिमको प्रमुख आम्दानी हुनेछ ।

गत वर्ष एक कम्पनीले प्रायोजन गरेपनि यस वर्ष कुनै व्यापारीक प्रतिष्ठान संग प्रायोजनको सम्झौता भइसकेको छैन् तर टिमका मालिक प्रायोजक भित्राउने लक्ष्यमा रहेका छन् । क्रिकेट वुझेका खेलाडीलाई निरन्तर प्रशिक्षण गराउने र प्रतिभा अनुसार मैदानमा प्रयोग गर्दैै आएको सातवाघले सफलता प्राप्त गरिरहेको छ ।

८ जना व्याष्टमेन रहेको वताउने टोलीमा ६जना वलर रहेका छन् । अन्तीम ११ सम्म नै अलराउण्डर खेलाडी छन मगरले अनुभव सुनाए । अनुसासनको कडीमा खेलाडीलाई राख्न सक्नु र आर्थिक मितव्यायी वन्नु नै टिमको मुख्य सफलताको पक्ष मान्छन् मगर ।

गत वर्ष १ लाख १० हजार खर्च गरेको टोलीले उपाधी यस पटक त्यहि हाराहारीमा वजेट अनुमान गरेको छ । अनिस लुइटेल लिगकै सफल खेलाडी हुन् उनी टोलीका खेलाडीका रुपमा नभइ मेन्टरका रुपमा पनि काम गरिरहेका छन् ।

देशका विभिन्न क्रिकेट क्लववाट आफ्नो प्रतिभा देखाइसकेका लुइटेलले खेलको नतिजालाई परिर्वतन गर्ने खुवि राख्छन् । रहर लामा र केलिन राई संग जिल्ला वाहिर गएर खेल खेलेको अनुभव छ । सन्तुलित टोली रहेको सातवाघले प्रतियोगीता अघि नै प्रदेश नम्वर १ का क्रिकेट कप्तान पुष्प थापालाई ल्याएर क्रिकेट खेलाडीको सिपलाई थप तिर्खाने योजना वनाएको छ ।

पिएसपिएलमा सफल मानिएको सातवाघले यस पटक कस्तो नतिजा ल्याउछ त्यो भने प्रतियोगीता पछि नै भन्न सकिन्छ ।