विदेशी खेलाडीको बीमा आईएमई जनरल इन्स्योरेन्सले गर्ने

काठमाडौंः मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोमबार हस्ताक्षर गरे ।

सागमा सहभागी हुने करीब ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना बीमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन् । नेपाली खेलाडीलगायतको बीमा भने यसअघि नै भइसकेको छ ।




Leave a Reply

Your email address will not be published.