पोखरीमा डुबेको अवस्थामा मृत फेला

मोरङ।
मोरङको रङगेली नगरपालिका–१ की ७६ बर्षीया कृष्णमाया बस्नेत घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बुधवार बिहान घरबाट निस्किएकी बृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।