२४ घण्टामा दुई सय २७ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा एक सय ६८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।
यसैबीच थप एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।