मोरङ ३ “ख“ मा कांग्रेसबाट मन्जु समानुपातिक उम्मेदवार

मोरङ / मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभाको समानुपातिक उम्मेदवारमा नेपाली कांग्रेसको तर्फबाट मन्जु कुमारी फुयाल (रेग्मी) सिफारिस भएकि छिन् ।

मोरङ क्षेत्र नम्बर ३ ख मा नेपाली कांग्रेसकि महिला नेत्री रेग्मी सिफारिस भएकी हुन् । उनी संगै क्षेत्र नम्बर ३ ख को प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ दस जनाको नाम सिफारिस भएको छ भने संघिय संसदको उम्मेदवारमा सुनिल शर्माको नाम सर्वसम्मत सिफारिस भएको क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।