छैठसम्म पथरी बजार खुल्ला रहने

पथरी / सोमबार बन्द रहँदै आएका पथरीशनिश्चरे नगरपालिकाका बजार व्यवसाय खुल्ला रहने भएका छन् ।

भाद्र ८ गते बसेको उद्योग वाणिज्य संघको कार्यसमितिको बैठकले सोमबार पनि बजार खुलाउने निर्णय गरेको हो । समितिले आइतबार सुचना जारि गर्दै छठसम्मका लागि बजार खुल्ला रहने जानकारी गराएको छ । नजिकिदै गरेको दशै, तिहार र छठलाई मध्यनजर गर्दै व्यापार खुल्ला राखिएको समितिले जानकारी गराएको छ ।