मोरङ ३ मा एमालेबाट भानुभक्त ढकाल सर्वसम्मत

पथरी / प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले मोरङ क्षेत्र नं ३ मा भानुभक्त ढकालको उम्मेद्धारका रुपमा सर्वसम्मत नाम सिफारिस गरेको छ ।

आइतबार एमाले ३ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित संसद हुन् । उनले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका थिए ।