बेलबारीबाट प्रतिवन्धित लागुऔषध सहित ३ पक्राउ

मोरङ, ।
मोरङको बेलबारी नगरपालिका–१ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी–१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । सोही स्थानमा संकास्पद अबस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राईको साथबाट नाइटाभेट – ४२ चक्की र डाइलेक्स डिसी ३ बोतल समेत फेला परेमो थियो । तीनै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।