स्पेलिङ कम्पिटिसनमा हाइल्याण्ड प्रथम

पथरी / मोरङको पथरीशनिश्चरेमा शुक्रबार सम्पन्न स्पेलिङ कम्पिटिसनमा हाइल्याण्ड बोर्डिङ स्कुल प्रथम भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल स्पेलिङ कम्पिटिसन २०७९’ मा हाइल्याण्ड बोर्डिङ स्कुल प्रथम भएको हो ।

शुुक्रबार भूपू सैनिक बोर्डिङ स्कुलमा भएको कम्पिटिसनमा हाइल्याण्ड बोर्डिङ स्कुल प्रथम भएको हो । पथरीशनिश्चरे नगरमा रहेका १६ वटा स्कुल सहभागि रहेको प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल, सुपर्व मोडल बोर्डिङ स्कुल र रेडस्टार बोर्डिङ स्कुल दोस्रो, तेस्रो र चौथो स्थानमा आएका छन् ।

त्यसैगरी प्याराडाइज बोर्डिङ स्कुल, न्यू पेगोडा बोर्डिङ स्कुल र हसन्दह डनवस्को बोर्डिङ स्कुल गरी सात वडा स्कुल जिल्लामा हुने प्रतिस्पर्धामा छानिएका छन् । यी स्कुलहरु भदौ १५ गते विराटनगरमा हुने मोरङ जिल्ला स्तरीय स्पेलिङ कम्पिटिसनमा भाग लिने प्याव्सनका नगर कमिटी अध्यक्ष सुरेन्द्र लिम्बुले बताए ।