हाम्रो कार्यकाल मुल्याङ्कनयोग्य बनाउने योजनामा छौँ -प्रदिप राई (अध्यक्ष), पशुपति सामुदायीक बन उ.स

दिनचर्या कसरी विताइरहनुभएको छ ?
पहिलो पटक बन समितिको काम गर्ने जिम्मेवारी पाएको छु । म वन र उपभोक्ताको हितमा काम गर्न चाहन्छु । त्यसकारण दैनिकजसो मेरो हरेक समय समितिकै काममा दिइरहेको छु ।
तपाइ निर्वाचित भइसकेपछि के के गर्नुभयो त ?
बैज्ञानिक बनको कार्ययोजना हटाएर सामुदायीक वन बनाइयो । उपभोक्ताले काठ दाउरा नपाउँदा समस्या झेल्दै आउनुपरेको थियो । हामिले उक्त समयस्यालाई समाधान गर्यौँ । यस बनबाट काठ ननिस्कीएको लामो समय भएको थियो । हामिले ४ हजार १ सय ४४ कि.वि काठको अनुमती पाइसकेपछि घरगोठ बनाउन नपाएर समस्यामा परेका उपभोक्ताले घरगोठ बनाउन पाएका छन् । त्रृmणमा चल्दैआएको समितिलाई त्रृmणमुक्त गरियो ।
बनविकास अन्तर्गत के के गर्नुभयो ?
हामि निर्वाचित भएको यो छोटो समयमा हामिले धेरैकाम त गर्न सकेको छैनौ । तर हामि निरन्तर खटिरहेको छौँ । हामिले २ पटक वृक्षरोपण गरिसक्यौँ । चोरी तस्करी नियन्त्रणका लागि तार,जाली लगाइरहेका छौँ । अहिले हामिले कार्यलयको बैठक भवन पनि निर्माण गर्दैछौँ । बोट विरुवा तथा जिवजन्तु चोरी तस्करी नहोस भनेर जनचेतना समेत फैलाउने उद्धेश्यले हामिले ठाउँ ठाउँमा होर्डिङ बोर्ड समेत लगाउँदैछौँ ।
अनि पर्यटन प्रवद्र्धनका लागि चै क कस्ता कामहरु गर्दैहुनुन्छ ?
पर्यटन प्रवद्र्धनका लागि हामिले सिमसार क्षेत्र बनाउने योजना बनाएका थियौँ । हाल यो काम समेत भइरहेको छ । बन वातावरण त भु–संरक्षण मन्त्रालयबाट हामिलाई केही रकम बजेट आएको थिया । त्यही बजेटबाट हामिले यो कामलाई निरन्तरता दिदैछौँ । साथै पर्यटन प्रवद्र्धनका लागि थप योजना बनाउने छौँ ।
सामाजिक विकास अन्तर्गत चै के के गर्नुभयो त ?
हामिले सामाजिक विकासका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राख्दै आएका छौँ । हालसम्म हामिले हाम्रै वडामा रहेको शिवालय मन्दीर, जालपा आधारभुत विद्यालय लगायतका ठाउँहरुमा विविध किसीमका सहयोग गरिरहेका छौँ । समाजमा लागुपदार्थ दुव्र्यसनिमा युवाहरु नफसुन भनेर जनचेतना फैलाउने काम समेत गरिरहेका छौँ ।
आगामी योजनाहरु के के छन त ?
बन भनेको राष्ट्रको धन हो, उपभोक्ता भनेको समाज हो । बन र उपभोक्ताकै हितका लागि उपभोक्ताले जिम्मेवारी दिएर पठाउनुभएको छ । बन बाँचे हामी बाँच्छौँ । त्यसैले बन जोगाउन हामि हरेक पक्षसँग सहकार्य गरेर अगि बढ्नेछौँ । विपन्न परिवारका उपभोक्ताका लागि हामि स्वास्थ्य विमा गर्दिने योजनामा छौँ । उपभोक्ताको जिवनस्तर उकास्नका लागि माछा तथा मौरीपालनको योजना समेत ल्याउँदैछौँ । हामी हाम्रो कार्यकाल मुल्याङ्कन योग्य बनाउने योजनामा छौँ ।
अघिल्लो कार्यसमिति तथा उपभोक्ताबाट के कस्तो साथ सहयोग छ ?
पहिलो कुरा त उहाँहरुले हामिलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गर्नुभएको छ । हामि उहाँहरुको विश्वासमा आँच आउने काम कदापी गर्दैनौ । त्यसैले पनि हामिले अग्रज तथा अघिल्लो कार्यसमितिका पदाधिकारी र उपभोक्ताहरुसँग पनि सल्लाह गरेर काम गर्दैछौँ । त्यसैले हामिलाई सबैले साथ सहयोग गर्नुभएको छ ।
अन्त्यमा केही भन्नु छ ?
हाम्रा कुराहरु राख्ने अवसर दिनुभएकोमा तपाई लगायत तपाईको मिडियालाई धन्यवाद दिन चाहन्छु । साथै तपाईको मिडियामार्फत बन सबैको सम्पति हो बन जोगाएमात्र मानव जिवन रहन्छ । त्यसैले बनजंगलमा हुने चोरी तस्करी नियन्त्रणका लागि समेत सबैलाई आग्रह गर्दछु ।

प्रेमप्रसाद भट्टराई (के.डी)