खरामो नेपालले ३० आँै स्थापना दिवस मनायो

बेलबारी । खम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपालले ३० आँै स्थापना दिवस एक कार्यक्रम गरी मनाएको छ । जनसेवा सामुदायिक बन लेटाङको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरेर खम्बुवानले स्थापना दिवस मनाएको हो ।

३० वटा मैनबत्ती बालेर मनाएको कार्यक्रममा पार्टीका केन्द्रिय समितिका नेता लगायत जिल्ला तथा स्थानीय नेता कार्यकर्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खरामोका केन्द्रिय अध्यक्ष तथा साँसद आर के खम्बुले जनताले २ तिहाई भोट दिए खरामो नेपालले १६ बर्ष पुगेको युवालाई स्थाई जागिर, ६५ बर्ष माथिकालाई घर, आवश्यक स्वास्थ्य शिक्षालगायतको व्यबस्था मिलाउने बताए । प्रदेश मुख्यमन्त्रीको पालिकाको प्रमुखको जत्ति पनि अधिकार नभएकोे उनले बताए ।



केन्द्रिय उपाध्यक्ष दिलराम खम्बुको सभापतित्वमा भएको कार्यक्रममा महासचिव रणेन्द्र थिम्रहाङ, पार्टी प्रवक्ता राजन वान्तवा, पार्टी नारी मोर्चा अध्यक्ष देशमाया खम्बु, भोजपुर जिल्ला अध्यक्ष रिषिधन, पुर्व युवा अध्यक्ष विप्लप खम्बु, पुर्व विद्यार्थी अध्यक्ष मित्र खम्बु, लगायतको उपस्थिति रहेको थियो ।

महासचिव रणेन्द्र थिम्रहाङले स्वागत मन्तव्य राखेको कार्यक्रम केन्द्रिय सचिव राजुदेव राईले सन्चालन गरेका थिए ।




Leave a Reply

Your email address will not be published.