पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु

बिराटनगर ।
झापा र ताप्लेजुङको २ फरक फरक स्थानहरुमा पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु भएको छ । बिहिबार बेलुका ४ बजे झापा शिबसताक्षी नगरपालिका–९ आईतबारे बस्ने सुस्मा सुन्दासकी छोरी ११बर्षीया एन्जिला सुन्दास र सोही स्थान बस्ने धुर्व राईको छोरा १२ बर्षीय सिकुम राई कन्काई सिँचाई नहरमा पौडि खेल्न गएकोमा बेपत्ता भएका थिए । सोही नहरमा खोजतलास गर्ने क्रममा सताक्षी खोलामा दुबै जना मृत अबस्थामा फेला परेका थिए ।
त्यस्तै बिहिबार बेलुका ताप्लेजुङ पाथिभरा याङबरक गाँउपालिका–४ डुम्रिसे बस्ने २१ बर्षीय रोशन तामाङ याङबरक–४ स्थितमा रहेको सिवानी हाइड्रो पावरमा लानको लागी जम्मा गरेको पानीको ड्याम ( इनटेक ) मा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।