लागु–औषध मुद्धाका फरार बेलबारीका श्रेष्ठ पक्राउ


लागु–औषध मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं. ०४ काकुम बस्ने २६ बर्षीय निबेक श्रेष्ठ रहेका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ । फरार रहेका श्रेष्ठको लागु–औषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ९ महिना १ दिन कैद र एक लाख जरीवाना भई लगत नं. १२८८ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।