सवारी दुर्घटना १ को मृत्यु

बिराटनगर ।
झापामा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका–५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।