सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख भएको भारतीय एन डी टीभीले जनाएको छ ।
प्रमाणित नभएका विषयमा हाउभाउ, शब्द या कुनै पनि किसिमले सरकारको आलोचना गर्न नपाइने आदेशमा उल्लेख छ ।
अफगानिस्तानमा महिला अधिकार र बालिकाको शिक्षामा बन्देज लगाइएको बारे विज्ञहरुले सरकारको आलोचना गर्दै आएका छन्, अब यस्ता आलोचना पनि गर्न पाइने छैन । तालिबान सरकारले अहिले पनि सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेको भन्दै केही व्यक्तिलाई पक्राउ गरिरहेको मानवअधिकार संगठन र सञ्चारमाध्यमका गोप्य रिपोर्टमा उल्लेख छ ।