बिना निष्कर्ष टुङ्गियो प्रदेश १ को सर्वदलीय बैठक

प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए ।
तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । उनले भने, ‘ छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ ।’
प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।