सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय जना नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय आठ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।
यही अवधिमा २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यही अवधिमा ८८ हजार ६ सय ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।