नोबेलद्वारा मोरङको रमाइलोका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर, २२ असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको वयरवनगाउँपालिका–६ स्थित रमाइलोमामुटु तथाफोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमानोबेलले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेर जेष्ठ नागरिक मुटु तथाफोक्सो रोगको उपचार गरेको हो ।
शिविरमा६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथाफोक्सोसँग सम्बन्धितरोगको परीक्षण र उपचार गरिएको छ । नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले १७० जना जेष्ठ नागरिककोस्वास्थ्य परीक्षण गरेको हो ।इको जाँचपनिशिविरमै गरिएको छ ।जटिल समस्याभएका कारण शिविरमाउपचार सम्भव नभएका ५५ जनाजेष्ठ नागरिकलाई अस्पताल रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
रेफर गरिएका बिरामीलाई नोबेलको बसद्वारा नै अस्पताल लगेर निःशुल्कउपचार गरेपछि घर पुर्याउँने व्यवस्थामिलाइएको छ । नोबेल अस्पतालले ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । जसका कारण लाखौं बिरामीलाभान्वितभएका छन् ।
यो स्थानमोरङको क्षेत्र नंम्बर ३ मा पर्छ । जहाँ नोबेल अस्पतालका सञ्चालनसमेत रहेका डा. सुनिलशर्मा गतप्रतिनिधि सभानिर्वाचनमा नेपालीकांग्रेसको तर्फबाट उमेदवार बनेका थिए । उनी नेकपाएमालेका उमेदवार भानुभक्त ढकालसँग पराजितभए । पराजितभएर पनिउनीनिरन्तर जनताको सेवामालागि रहेका छन् । निर्वाचनमाहारेर पनिजनताको सेवामानिरन्तर खटिरहेका शर्माले दिनप्रतिदिनजनताको मन जित्दै गएका छन् ।